काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य दुई हजार दुई सय रुपैयाँले बढेर दुई लाख ५० हजार ६०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहीबार सुनको मूल्य दुई लाख ४८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको थियो।
साथै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ६५ रुपैयाँको वृद्धि भएको छ, र अहिले यसको कारोबार ३ हजार ३४५ रुपैयाँमा भइरहेको छ। बिहीबार चाँदीको मूल्य ३ हजार २८० रुपैयाँमा थियो।










