बङ्गलादेशमा डेंगुको प्रकोप: एक दिनमै ९८३ नयाँ सङ्क्रमण, ६ जनाको मृत्यु

काठमाडौं । बङ्गलादेशमा डेंगुको संक्रमण तीव्र रूपमा बढिरहेको छ। सोमबार मात्र ९८३ नयाँ संक्रमित फेला परेसँगै थप ६ जनाको मृत्यु भएको स्वास्थ्य सेवा महानिर्देशालय (डीजीएचएस) ले जनाएको छ।

यो वर्ष अहिलेसम्म देशभर ६६ हजार ४२३ भन्दा धेरै मानिस डेंगुबाट संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या २६९ पुगेको छ।

डीजीएचएसका अनुसार सेप्टेम्बर महिनामा १५ हजार ८६६ जनामा डेंगु पुष्टि भएको थियो भने अक्टोबरमा हालसम्म १९ हजार ०८१ जना संक्रमित भइसकेका छन्।
यस्तै अक्टोबरमा ७१ र सेप्टेम्बरमा ७६ जनाको डेंगुका कारण मृत्यु भएको अभिलेखमा उल्लेख गरिएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ