काठमाडौँ । शेयर बजारमा आज गिरावटको प्रवृत्ति देखिएको छ।
नेपाल स्टक एक्सचेञ्ज परिसूचक ३३.८३ अङ्कले घट्दै २८३३.०३ मा सीमित भएको हो।
दिनभरिमा ३४२ कम्पनीका दुई करोडभन्दा बढी कित्ता शेयर कारोबार भई ९ अर्बभन्दा बढी रकम परिचालन भएको छ। अधिकांश समूहका सूचक घट्दा बजार दबाबमा देखिएको छ।










