काठमाडौँ । आगामी सोमबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबारसम्बन्धी नयाँ सर्किट ब्रेकर तथा मूल्य सीमा व्यवस्था लागू हुने भएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) को स्वीकृतिपछि ‘धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२’ कार्यान्वयनमा आउन लागेको हो।










