काठमाडौँ । शेयर बजारमा आज झिनो गिरावट देखिएको छ।
नेप्से परिसूचक २.९५ अङ्कले ओरालो लाग्दै २,८०४.१७ बिन्दुमा झरेको हो।
दिनभरमा ३४२ कम्पनीका शेयर खरिदबिक्री हुँदा रु ७ अर्ब ८१ करोडभन्दा बढीको कारोबार भएको छ।
केही समूहहरू जस्तै बैंकिङ र वित्तमा सुधार देखिए पनि होटल, व्यापार लगायतका अधिकांश समूहमा गिरावट आएको छ।










