काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज पनि गिरावट आएको छ। आज परिसूचक १७.०१ अंकले घटेर २,७८७.१५ बिन्दुमा कायम भएको हो, जुन ०.६० प्रतिशतको कमी हो।
पछिल्ला चार कारोबार दिनदेखि बजार लगातार ओरालो लागिरहेको छ। अघिल्लो दिन २,८०४ बिन्दुमा रहेको बजार आज घट्दै २,७८७ मा पुगेको हो। कारोबार रकम पनि घटेर पाँच अर्ब ९ करोड रुपैयाँमा सीमित भएको छ।
आज ४६ कम्पनीको शेयर मूल्य बढ्दा २१६ कम्पनीको घटेको छ भने सात कम्पनी स्थिर रहेका छन्।










