सुन–चाँदीको मूल्य फेरि बढ्यो, नयाँ दर सार्वजनिक

काठमाडौँ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको हो। आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँ तोकिएको छ।

गत शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५६ हजार ५ सय १५ रुपैयाँ कायम गरिएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। चाँदी प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ९ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ