ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज नख्खु कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेसँग भेट गरेका छन्।
दाहालले लामिछानेसँग भेटेर कारागारमा बसाइको अवस्था बुझ्ने प्रयास गर्नुका साथै बसाइमा रहेको सहजता र असहजताको विषयमा पनि चासो देखाएका दाहालका सचिवालय सदस्य दीपक भण्डारीले जानकारी दिए।
थुनामा रहेका पूर्वगृहमन्त्री लामिछानेले नख्खु कारागारमा भैरहवा कारागारको तुलनामा राम्रो सेवा सुविधा उपलब्ध भएको उल्लेख गर्दै कारागार प्रशासनको प्रशंसा गरेको भण्डारीले बताए।










